धनगढी, २० भदौ/ बझाङको सदरमुकाम चैनपुरबाट एक घण्टाको यात्रा पछि पुगिन्छ बारील झरना । जयपृथ्बी नगरपालिका ८ बारीलमा अवस्थित उक्त झरना निकै मनमोहक छ ।
हेर्दा आर्कषक र मनै लोभ्याउने कारील झरना उचित प्रचार प्रसार र संरक्षणको अभावका कारण बेवारीसे जस्तै बनेको छ ।
झरना सदरमुकाम चैनपुरबाट नजिकै रहेको भएपनि स्थानीय सरकारले खासै चाँसो नदिएको र प्रचारप्रसार समेत गर्न नसकेको आरोप स्थानीयको छ।
यस्तै अहिले उक्त स्थानमा ५ लाखको लागतमा मैदान निर्माण, पद मार्ग र सामान्य गोलघर निर्माण गरीएको छ।
तस्बीर : पत्रकार ललित सिहं


