काठमाण्डौ २० भाद्र- पहिलो चरणको लकडाउन खुलेपछि धेरै निर्माता तथा निर्देशकले भदौबाट चलचित्रको छायांकन सुरु हुने घोषणा नै गरिदिए । अधिकांशले आफूले भदौबाट चलचित्रको छायांकन सुरु गर्ने योजना बनाएको बताइरहँदा हल संचालकहरु पनि भदौको अन्तिमबाट हल खोल्न सकिने योजनामा थिए ।
तर, पहिलो चरणको लकडाउन खुलेसँगै कोरोना संक्रमित बढेपछि निर्देशक र हलवालाको योजना सफल हुन सकेन । अहिले भदौबाट चलचित्रको छायांकन सुरु गर्छौ भन्ने निर्माताहरु चुप लागेर बसेको अवस्था छ । धेरैलाई त यो बर्ष नै छायांकनमा फर्किन पाइदैन कि भन्ने पिर पर्न थालेको छ ।