धनगढी, १८ भदौ/ कैलालीको घोडाघोडि नगरपालिका–१० लठैयामा बेबारिसे सालको काठ बरामद गरेको छ ।
सब डिभिजन वन कार्यालय सुखड र डिभिजन वन कार्यालय पहलमापुरलेको सयुक्त टोलिले बेबारिसे अवस्थामा रहेको काठ बरामद गरेको हो । लठैयाको धन खेतमा चिरान ७ थान र १ थान सालको गोलिया फेला पारेको थियो ।
सहायक वन अधिकृत सुरेन्द्र बहादुर कठायतले बेबारिसे अवस्थामा फेला पारेको सालको चिरान १७.३३, सालको गोलिया १८.३४ क्युफिट काठ बरामद गरिएको र कसको हो भन्ने अनुसन्धान भईरहेको बताए ।
कैलालीमा निषेधाज्ञाको समयमा काठ तस्करी र वन अतिक्रमण बढीरहेकोले वन कार्यालयले नियमीत गस्ति गरिहरको उनले बताए ।
घोडाघोडीबाट अवैध सालको काठ बरामद
घोडाघोडीबाट अवैध सालको काठ बरामद