काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । बिहीबार बिहान ११ बजेका लागि बोलाइएको दिउँसो ३ बजे बस्नेगरी सरेको
बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी सरेको सचिवालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो । बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बिहीबार ११ बजेका लागि बैठक बोलाइएको थियो ।
आजको बैठकमा नेकपा विवाद समाधान गर्न गठित कार्यदलले दिएको प्रतिवेदनबारे छलफल गरिनेछ । तर रिक्त राष्ट्रिय सभाको एक सदस्य पदमा समेत कसलाई पठाउने भन्ने नेकपामा एकमत हुन सकेको छैन ।ओली अर्थमन्त्री डा। युवराज खतिवडालाई पठाउने पक्षमा छन् भने अन्य सचिवालयका नेताहरु भने उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने अडानमा छन् ।