काठमाडौं । तीन दिनअघि मात्र आफ्नो जन्मदिन मनाएका निर्माता निर्देशक सन्तोष सेनको नयाँ फिल्म ‘प्रेमगीत–३’ रिलिजको पर्र्खाइमा छ । सो फिल्मलाई आगामी चैत अन्तिममा रिलिज गर्ने घोषणा गरेका सन्तोषले आफ्नो नयाँ फिल्म ‘हुतुतु’को निर्माणको पनि घोषणा गरेका छन् ।
यो चलचित्रमा अग्रह अभिनेता हरिवंश आचार्य पनि अनुबन्धित भएका छन् । अभिनेता आचार्यसँगै अभिनेताहरू प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत पनि ‘हुतुतु’का लागि अनुबन्धित भएको सन्तोषले बताएका छन् । फिल्मको नायिकाको चयन भने जारी छ ।कफ्र्यु जारी रहेकै बेला बनेपाको एक रिपोर्टमा अभिनेता प्रदीप खडकासँग बसेर उनले फिल्मको स्क्रिप्ट सम्पन्न गरेका थिए । यो फिल्मका लागि उनले कलाकारसमेत चयन गरिसकेका छन् ।
चितवन, लमजुङ, मलेसिया, इन्डोनेसयालगायतको स्थानमा छायांकन हुने भनिएको ‘हुतुत’ दोस्रो विश्वयुद्धको एउटा कथामा निर्माण हुनेछ । जसलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् । फिल्मलाई आगामी महिनाबाट छायांकन गर्ने भनिए पनि कोरोनाको अवस्था हेरेर मात्र युनिट फ्लोरमा जाने सन्तोषले बताएका छन् ।
