एजेन्सी, मुम्बई । बलिउडमा पछिल्लो समय फिल्मको छायांकन सुरु हुन थालेको छ । यसैक्रममा एउटा हरर फिल्म ‘भूत पुलिस’मा बलिउड अभिनेता सैफ अली खान र अर्जुन कपुर जोडिएका छन् ।
सैफ अली र अर्जुनले यस अघिसँगै काम गरेका थिएनन् । पहिलोपटक सैफ अलीसँगै काम गर्न लागेकाले आफू उत्साहित भएको अर्जुन कपुरले बताएका छन् ।
यो फिल्म हास्यप्रधान हुने बताइएको छ । तर, दुई जना अभिनेतामध्ये को भूत र को पुसिल हुने भन्ने सार्वजनिक गरिएको छैन । चाँडै फिल्मको निर्माण घोषणा गरिएसँगै फिल्मको आगामी नोभेम्बरबाट सुटिङ सुरु गरिने भएको छ । फिल्मलाई पवन कृपलानीले निर्देशन गर्दै छन् । फिल्मको नायिका भने घोषणा गरिएको छैन ।