महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘सडक २’को ट्रेलरले युटुबमा डिसलाइकको रेकर्ड नै राखेको थियो । अब, यो चलचित्रले प्रतिक्रिया पनि निकै खराब पाएको छ । यो चलचित्र अगष्ट २८ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । यसलाई आइएमडीबीमा जम्मा १।१ रेटिङ मिलेको छ ।
यो चलचित्रलाई बलिउड समिक्षकहरुले पनि निकै खराब भनेका छन् । समिक्षक तरण आदर्शले १ स्टार दिदै चलचित्रलाई खराब भनेका छन् ।