काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन १ हजार १११ जनाको मृत्यु भएको छ । योसँगै शनिबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार १४१ पुगेको छ ।
यस्तै एकैदिन थप ४८ हजार ५१७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५७ लाख ९४ हजार ७८९ पुगेको छ।संक्रमितमध्ये अहिलेसम्म ३१ लाख १९ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २४ लाख ९६ हजार ५५८ जनामध्ये १६ हजार ८३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
