धनगढी, ४ भाद्र- सुदूरपश्चिम प्रदेश सभा सभामुख अर्जुन बहादुर थापालाई प्रत्यक्ष रुपमा भेट्न नपाइने भएको छ । कोभिड १९ को महामारी बढ्दै गएका कारण सभामुख थापाले भेटघाट कार्यक्रम बन्द गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते देखी १४ गते सम्म गरेको लकडाउन अवधीमा भेटघाट कार्यक्रम बन्द गरिएको सभामुखका स्वकिय सचिव कविन्द्र रोकायाद्वारा जारी सुचनामा जानकारी दिएको छ ।