धनगढी, ४ भदौ/सुदूरपश्चिम प्रदेशमा थप तीन जना प्रहरीमा कोरोना भाईरस पुष्टि भएको छ। डोटी प्रयोगशालामा भएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत तीन जनामा प्रहरीमा संक्रमण पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक ईन्द्रवहादुर मल्लका अनुसार संक्रमण पुष्टि भएका तीनै जना प्रहरी केही दिन अगाडि मात्रै सरुवा भएर आएका हुन्।
योसंगै सुदूरपश्चिममा संक्रमित प्रहरीको संख्या २० पुगेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार बाजुराका ६, कञ्चनपुरका ५, कैलालीमा चार, डोटीका तीन र अछामका दुई गरी २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।