धनगढी, ४ भदौ/ सुदूरपश्चिममा पनि गौरा र तीज समूहमा मनाउन रोक लगाइएको छ । पर्व गौरा तथा हिन्दू महिलाको महान् पर्व हरितालिका सार्वजनिक रुपमा मनाउन रोक लगाइएको छ। कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन विभिन्न जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले आग्रह गरेका छन् ।
नित्य र घरायसी पूजाबाहेक सामूहिक रूपमा गौरा र तीज जस्ता पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व मनाउन रोक लगाइएको हो। तीज यही भदौ ५ गौरा भदौ १० गते परेका छन्। प्रशासनले सवारी पास वितरण यसअघि नै बन्द गरिसकेको छ।
प्रशासनले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन २९ देखि बन्द गरेको थियो।