काठमाडौं २ भाद्र- मनसुन सक्रिय रहेपनि आगामी तीन दिन देशका धेरैजसो भू–भागमा भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अधिकांश स्थान सामान्य र मध्यम वर्षा हुनेछ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भू–भागका एक दुइ स्थानहरुमा वर्षा भएको छ।
आज देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पनि मध्यम वर्षाको सम्भावना छ । यस्तै भोलि बुधबार भने गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ । बिहीबार वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा वनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
भाद्र २ गते मंगलबार
दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भाद्र ३
दिउँसो: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति: देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
भाद्र ४ गते विहीबार
दिउँसो: देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति: देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।