एजेन्सी । भारतीय क्रिकेटर सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । रैनाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले सन्यास घोषणा गरेका हुन् । पूर्व कप्तान महेन्द्र सिंह धोनीले सन्यास घोषणा गरेको केहि समयपछि रैनाले सन्यास घोषणा गरेका हुन् ।
३३ वर्षीय ब्याट्सम्यान रैनाले सन् २००५ मा भारतीय टिममा डेब्यु गरेका थिए । रैनाले भारतका लागि १९ टेस्ट, २ सय २६ एकदिवसीय र ७८ टी(ट्वान्टी खेलेका छन् । भारतका लागि टेस्टमा रैनाले ७ सय ६८ रन बनाउँदा एकदिवसीयमा ५ हजार ६१५ र टी(ट्वान्टीमा १६ सय ५ रन बनाएका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि रैनाले फ्रेन्चाईज क्रिकेट भने खेल्ने छन् । इन्डियन प्रिमियर लिग ९आईपीएल० रैनाले चेन्नई सुपर किङ्स खेल्ने गर्छन ।