सुर्खेत
साउन ३०,
कालिकोट जिल्लाको महावै गाउँपालिका वडा नं. तीनको नकुमा पहिरोले एक घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
गएराति साढे १२ बजेतिर महाबै गाउपालिका ३ नकु गाउँ कालिकोटमा वडा सदस्य रज बहादुर बिष्टको घर पहिरोमा पुरिएर उनका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि जम्मा ६ जनाको मृत्यु भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले सूदुर पत्रलाई जानकारी दिए ।ु
पहिरोमा परि मृत्यु हुनेमा १३ बर्षीया पुष्प विष्ट, ११ बर्षका पर्विन विष्ट, १८ बर्षीया सविना विष्ट, १५ बर्षीया आशा विष्ट, १९ बर्षीया शान्ति विष्ट, र १० बर्षीया रेखा विष्ट रहेका छन् ।
घटना राति भएकोले उनिहरुको उद्धारको लागि अहिले सम्म कुनै पनि पहल भएको छैन, ‘सबैलाई विहान जानकारी दिएको हुनाले केहि समयमा राहत उद्धारको कामलाई अगाडि बढाउने तयारी गरिएको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्कीय सचिव सिँङले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पनि महावैमा उक्त घटना भएको त्यसतर्फ प्रहरी परिचालित भइसकेको जानकारी दिए । घटनाको थप विवरण आउन भने बाकी छ ।