धनगढी, २८ साउन/धनगढी उप–महानगरपालिका वडा नम्बर १४ सीमा प्रहरी चौकी फुलबारीमा एक जनाको मृत्यु भएको छ। उप–महानगरपालिका–१४ फुलबारी (सी) गाउँँका अन्दाजी ४५ वर्षीय अमरबहादुर चन्दको प्रहरी चौकीमा मृत्यु भएको हो।
मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि मंगलबार राति ३ बजे सीमा प्रहरी चौकी फुलबारीले उनलाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि उनलाई प्रहरीले हिरासतमा राखेको बताइएको छ। तर, बुधबवार विहान शौचालयमा उनको मृत्यु भएको सीमा प्रहरी चौकी फुलबारीले दावी गरेको छ। यद्यपी उनको के कति कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी रहेको छ। चन्दको शव भने पोष्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।