धनगढी, २६ साउन- कैलालीको धनगढी उपमहानगरपालिका १९ मोहना नदी र खुटिया नदीको संगम स्थलको भंगालोमा ५० जानमा फसेका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका १९को नयाँ बस्तीबासीका खेतीपाती मोहना र खुटिया नदीको संगम क्षेत्रमा गोडमेल गर्ने समयमा एक्कासी नदीबको बहाव बढेर त्यतै फसेको स्थानिय भलमन्सा रामबहादुर चौधरीले जानकारी दिए ।
ढिलोगरी जानकारी भएका कारण उद्यार टोली धनगढीबाट राती ८ बजे मात्रै घटना स्थलमा पुगेको छ । धनगढीबाट विपद व्यबस्थापनको टोली रेडक्रस, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्यारका लागि घटना स्थल पुगिसकेको विपद व्यबस्थापन समितिका कार्यक्रम अधिकृत चेतन खड्का सुदूरपत्रलाई जानकारी दिए ।
खेतमा मुमफली गोडमेल गर्न गएका ५० जनको किसानहरु समुह अहिले पनि मोहना र खुटिएको बिचभागको भंगालोमै फसेको बताईएको छ । उनीहरुलाई उद्यार गर्न सबै टोली खटाइसकेको सशस्त्र प्रहरी फुलबारीका ईन्चार्ज जयबहादुर महतोले जानकारी दिए ।
