धनगढी, २५ साउन- अछामी बड्डो नामले चर्चिक डेउडा गायक लालबहादुर धामीले ‘माष्टरकी छोरी’ बोलको गित बजारमा ल्याएका छन् ।
लकडाउनका कारण थलिएको संगित बजार बिस्तारै उचाई लिईरहेका बेला धामीले नयाँ गितको म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । शब्द र संगित सर्जक राजेन्द्र शाह बिपीको रहेको गितमा लालबहादुर धामी अछामी बड्डो र चर्चित लोकदोहरी गायिका टिका पुनको स्वर दिएका छन् ।
कञ्चनपुर भिमदत्तनगरपालीको पहाडी क्षेत्र पर्यटकिय क्षेत्र चाँदबारीमा छायाङकन गरेको म्युजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक भिमि थापाले गरेका हुन् भने गितको ऐरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् ।
थुप्रै डेउडा, लोकपप गित बजारमा ल्याईसकेका धामीले यो गितबाट पनि स्रोता दर्शकबाट रामै माया पाउने गायक धामीले बताए । भिडियोमा गायक आफै लालबहादुर धामी, सिमा खड्का र लक्ष्मण अधिकारीले अभियन गरेका छन् ।
