धनगढी, २१ असार
कैलाली जिल्ला क्रिकेट संघको अध्यक्षतामा विक्रम विष्ट चयन भएका छन् । संघको विशेष साधारण सभाबाट विष्ट निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।
शनिबार धनगढीमा भएको विशेष साधारण सभाबाट १५ सदस्यीय जिल्ला कार्य समिति पनि निर्विरोध छानिएको छ । संघको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ सचिवमा देवनारायण झा र कोषाध्यक्षमा सम्भु लामिछाने चयन भएका छन् ।
त्यसैगरी संघको सदस्यहरुमा भरत जोशी, अनिल कुमार भुजानिया, रुपक विष्ट, गोविन्दराज जोशी, निरज थापा, लोकवहादुर खड्का, हरि रेग्मी, गणेश रजक, ज्ञानेन्द्र क्षेत्री, हेमराज जोशी र महेश बोहोरा निर्विरोध चयन भएका छन् ।
क्रिकेट संघमा बिवाद भएपछि आईसिसिले देशभर जिल्ला अबिधेशन गर्न स्वतन्त्र कमिटिको गठन गरेको थियो । सोही आईसिसिले गठन गरेको स्वतन्त्र कमिटिका सदस्य सन्जय महतोको रहोबरमा शनिबार धनगढीमा बिशेष साधारण सभा भएको थियो ।
