धनगढी, २४ साउन/ सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा नदीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका छन् ।
चुरे बाट बग्ने नदीले अण्डैया गाउँलाई नै संकट पार्ने गरी कटान गरेपछी सोडारीले निरक्षण गरेका हुन । शनिबार कैलाली निर्वाचन क्षेत्र नं. ४ प्रदेश सभा १ बाट निर्वाचित सांसद समेत रहेका सोडारीले नदी कटानको दीर्घकालिन योजना बनाउनु पर्ने बताए । उनले आफ्नो कार्यकालमा तटबन्धन गरेको बताए । विभिन्न योजनाहरु लगु भएपनी नदीले कटान तिव्र पारेपछि ठुलै योजनाका आवश्यकता भएको बताए ।
गाउँको उत्तर बाट बेगले आउने खोलाले पुर्व र पश्चिम तर्फ कटान तिव्र पारे पछि अण्डैया गाउँ पुरै जोखीममा परेको वडाध्यक्ष जंग बहादुर विकले बताए ।
नदीले कटान तिव्र पारे पछि किसानको लाखौ हेक्टर खेतियोग्य जमीन बगरमा परिणत भएको छ ।
निरीक्षणमा प्रदेश सभा सदस्य अम्मर साउँद, नेकपा कैलालीको नेता दीर्घ जोशी, वडाध्यक्ष जंग विक लगाएतका स्थानीय कटान क्षेत्रमा पुगेका थिए ।
