धनगढी, २४ साउन/धनगढीमा बेहोष भेटिएका एक पुरुषको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर २ आदर्श टोलमा बेहोष अवस्थामा भेटिएका अन्दाजी ४५ बर्षीय पुरुषको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता तथा प्रहरी निरिक्षक हिक्मत थापाले मृतकको सनाखत हुन नसकेको बताए ।
‘आज बिहान बेहोष अवस्थामा भेटिएका पुरुषलाई सेती प्रादेशिक अस्पतालमा लगिएको थियो । उपचारका क्रममा ३ बजे उनको मृत्यु भएको छ। तर मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरी निरिक्षक थापाले बताए।