धनगढी, २४ साउन/कञ्चनपुरमा सशस्त्र प्रहरीले भन्सार छलेर ल्याईएका अवैध कपडा बरामद गरेको छ।
जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ४ मा भारतबाट साईकलमा ल्याउँदै गरेको अवस्थामा झण्डै दुई लाख बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको गस्ती टोलीले ती कपडा बरामद गरेपछि ओसारपसारमा संलग्न व्यत्तिहरु भने भागेका छन्।