धनगढी, २३ साउन- थारु गित तथा म्युजिक भिडियो रिलिज गर्ने चर्चित युट्युव च्यानल ‘हमार म्युजिक बगिया’ ह्याक भएको छ । २०७३ साल देखी थारु बिधामा विभिन्न म्युजिक भिडियो, गित डकुमेन्ट्री प्रस्तुत गर्दै आएको च्यानल साउन २२ गतेदेखी बन्द देखिएको छ ।
‘युट्युवमा च्यानल खोज्दा नभेटिदा प्रबिधिक संग बुझ्दा बन्द देखियो’ ‘हमार म्युजिक बगिया’ च्यानल संचालक कम्पनी हमार म्युजिक बगिया प्रालिका सचिव दिनेश दहितले भने–‘च्यानल कसैले रिसिईवीका कारण ह्याक भएको अनुमान गरिएको छ ।’ यो च्यानल कसैका लागि सामान्य हुनसक्छ तर, थारु कालाकारका लगि एक सम्पती रहेको सचिव दहितले बताए ।
५० हजार बढी सस्क्राईभ भएको उक्त च्यानलमा थारु समुदायका म्युजिक भिडियो, गित डकुमेन्ट्री गरी तिन सय १० भन्दा बढी सामाग्री राखिएका थिए । च्यानल बन्द भएपछि थारु संगितिक क्षेत्रमा निरिसा छाएको छ ।
