काठमाडौं । क्लोथिङ्ग ब्राण्ड ‘डाक्टर डेनिम’ले नेपाली फिल्म बनाउने भएको छ । नयाँ बर्ष रिलिज हुने गरेर ब्राण्डले प्रेमकथामा फिल्म निर्माण गर्न लागेको हुन् । फिल्मको नाम भने जुर्न बाँकी रहेको छ । फिल्ममा ‘प्रेम गीत ३’ का अभिनेता मनिष राउत मुख्य भूमिकामा छानिएका छन् । राउत ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर पनि हुन् ।
फिल्मका लागि राउत बाहेकको कलाकार अहिले छनौट भइहरेको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । ‘सरकारले फिल्म क्षेत्र खुल्ला गर्ने बितिकै छायाँकनमा निस्कने तयारी भएको छ’ गौतमले भने ‘केहि समयमै फिल्मको निर्देशक र अन्य कलाकार समेत सार्वजनिक गर्नेछौ ।’ फिल्मको छायाँकन स्वदेशको अलवा जर्मनी र भारतको गोवामा हुनेछ ।