धनगढी, २० साउन/कैलालीको गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले कैलालीको गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायतले समस्यामा परेकाहरुलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छन । जमदिनको अवसर पारेर कडायतले वडा नं. २ अत्तरियामा रहेको अहिंसाबादी विश्व शन्ति धर्म चक्र बौद्ध गुम्बामा आवासिय रुपमा अध्यनरत रहेका अनाथ एबम् असहाय बालबालिकाहरुका लागी खाद्यान्न, फलफुल तथा स्टेशनरी सहयोग गरेकी छन ।
आवाशिय रुपमा १५ जना असहाय एवम् अनाथ बालबालीकाहरु अध्ययनरत उक्त गुम्बामा उपप्रमुख कडायतले चामल, दाल, नुन, चिनि, चियापत्ति, तेल लगायतका खाद्यान्न सामग्रीका साथै फलफुल एवम् स्टेशनरी सहयोग गरेकी हुन । यसका साथै उप प्रमुख कडायतले गोदावरी नगरपालिका वडा नं २ मा बस्ने आर्थिक अवस्था नाजुक रहेको रामदत्त भट्टको दाम्पतीलाई पनि चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्रीहरु सहयोग गरेकी छन् ।
जन्मदिनकै अवसर पारेर उपप्रमुख कडायतले गोदावरी नगरपालीका वडा नं. ५ निवासी क्यान्सर पिडित हेमलता बिकलाई ३ हजार रुपैया नगद सहयोग गरेकी छन । क्यान्सर पिडित बिकलाई नगद हस्तान्तरण गर्दै उपप्रमुख कडायतले अनाथ, असहाय बालबालीका एवम् विपन्न परिवारलाई सहयोग गर्न पाउदाँ खुसी लागेको बताईन । ‘समस्यामा परेकावर्गलाई केही मात्रामा भएनी सहयोग गर्न पाउदाँ मन प्रफुल्लीत भएको छ’ उनले भनीन ‘आफु पनि सामान्य परिवारबाट हुर्केको हुनाले सबेका समस्या र पिडाहरु नजिकबाट बुझेको छु ।’
आगामी दिनहरुमा पनि यस्ता कार्यक्रममार्फत विभिन्न समस्यामा रहेका वर्गहरुलाई सहयोग गर्दै जाने उनले बताईन । उपप्रमुख कडायतले विगतदेखी नै आफ्नो जन्मदिनको अवसरमा विभिन्न सामाजिक कार्यमा अग्रसर संघसंस्था तथा नाजुक अवस्थाका परिवारलाइ सहयोग गर्दै आएकी छन । गत बर्ष उनले जन्मदिनको अबसरमा ओलानीमा रहेको एक गरिब परिवारलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु सहयोग गरेकी थिइन् भने अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसका आवाशिय रुपमा बस्दै आएका बालबालिका र महिलाहरुलाई खाजा समेत खुवाएकी थिइन् ।