• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चुहिने घरको छानो टाल्न नपाउदै सेति नदिमा अस्ताए बिनय

"तिमी मुस्कुराउँदै आउँ है विनय  "

“ए मेरो प्रिय, चुहिने घरको छानो मीलेर टालुलि भन्थिस त, १/२ बर्ष मा परिवारमा नयाँ खुसीले छाउलि भन्थिस त” दक्षिण कोरीयाबाट विनयका दाई नरेश सिहंले आफ्नो फेसबुक स्टाईटसमा पिडा पोख्दै लेखेका छन् ।
“ए मेरो प्रिय, चुईने घरको छानो मीलेर टालुलि भन्थिस त,
१/२ बर्ष मा परिवारमा नयाँ खुसीले छाउलि भन्थिस त” एई कुरा भगवान ले सुनि दिएको रहेछ, भने जस्तै छका हानेर गईस,
कसरी आउला प्रदेश बाट के भनेर गएको छस् ? घरका लाई म कस्तो मुख्ले आउला ? मिल्ने भए तोलाई सादमा लिएर आउन्छौ भन्थे बुढा बाआमा लाई” ‘रेस्ट इन पिस’
शनिबार बिहानै डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट विनय सिंह आफ्ना चार जना साथीहरुसँग डोटी सिलगडी स्थित शैलेश्वरी मन्दिर दर्शनमा निस्कीएका थिए । साथीहरुलाई बेलुका चाडै फर्किन्छु भनेर निस्कीएका बिनय कहिले नफर्किने गरी सेती नदीमा अस्ताएका छन् ।
शैलश्वरी मन्दिर दर्शनका लागि गएका चार जना त्यहाँ पुगेर दिउँसो डडेल्धुरा फर्किदै थिए । बाटोमा सेती नदी पर्ने हुँदा उनीहरु नुहाउन भनी गंगनान् भन्ने स्थानमा रोकिए । नुहाँउने क्रममा चारमध्ये ३ जनालाई एकैछिनमा सेति नदीले बगाएर लग्यो । तीन मध्ये खगेन्द्र कुँवरलाई स्थानीयले उद्धार गरे भने ल्याब असिस्टेन्ट हरीश जोशी र हेल्थ असिस्टेन्ट विनय सिंहलाई सेति नदीले बेपत्ता बनायो ।
बझाङको खप्तड छान्ना गाउँपालिका–५ मतुवा गाउँको गरिब परिवारमा जन्मिएका सिहंले धनगढीबाट हेल्थ असिस्टेन्ट पास गरेका थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण साहुको रिण काढेर हेल्थ असिस्टेन्ट पास गरेका विनयलाई घर व्यवहार चलाउनकै लागी भएपनि जागिर खानु थियो, चुहिने घरको छानो टाल्नु थियो, नयाँ घर बनाउनु थियो, गरिब आमाबुवाको पीडामा मलम लगाउनु थियो, थुप्रै सपना अधुरै थिए विनयका ।
घरको छानो टाल्न नपाउँदै, परिवारमा आएको सानो खुसी साट्न नपाउदै सेती नदिमा अस्ताएका छन् विनय । बुवा भक्तबहादुर सिहं दैनिक ज्याला मजदुरी गरेर जिवीका चलाउथे । पारिवारीक आर्थिक अवस्था कमजोर भएकै कारण एक बर्ष अगाडी गाउँपालिका अध्यक्ष विर्ख रोकायाले आफ्नो पारिश्रमीकबाट विनयलाई लोकसेवा तयारी गर्ने धनगढी पठाएका थिए ।
विनयले लोकसेवा पास गरेर डडेल्धुरा अस्पतालमा जागीरे भए । सरकारी सेवामा प्रवेश गरेका बर्षदिन नबित्दै उनको परिवारका बर्जपात परेको छ । छोराले ल्याएको त्यो खुशी सिहं परिवारमा लामो समय टिक्न सकेन् । परिवारका खुशी, आमाबुवाका सबै आशा, सपना सेती नदीले विनयसंगै बगायो ।
सोमबार दिउँसोसम्म भने विनयको अत्तोपत्तो थिएन । बिनय जिवीतै आउने परिवारमा झिनो आश बाकी थियो । उनकै परिवारका सदस्य पर्पलले फेसबुकमा तिमी मुस्कुराउदै आउँ है विनय भन्दै पोष्ट गरेका थिए ।
“तिमी ,नआईपुग्दा सम्म गाँस छोडेर आश बोकेर तिमी आउछौं, आउदै छौं बाआमा परिबार शुभचिन्तक प्रतीक्षामा छन ब्रो बिनय । तर तिमी आउने कुराप्रती डर जगाईरहेको छ । के के न हुन्छ भनेर अत्याईरहेको छ । जसले जे भनेनी हामी तिम्रो स्वागत को लागि तयारी गर्दैछु । प्रिय् बिनय आउ मुस्कुराउदै”
तर उनको मुस्कुराउदै विनय आउने सपना सपनामै सिमित भएको छ । बेपत्ता भएको तिन दिनपछि सोमबार दिउँसो विनयको शव फेला परेको छ । उनको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा भेटिएको छ ।
यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो । सोमबार अपरान्ह जोशीको शवको पोष्टमार्टम गरेर अन्तिम संस्कार गर्न घटालथानमा लागिएको छ । भने, विनयको शव पोष्टमार्टमका लागि सेतीबाट डडेल्धुरा अस्पताल ल्याइएको छ ।

मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.