कैलाली १९ साउन/ जनताको सेवालाई प्रभावकारी र सहजताका लागि राज्यले कर्मचारीलाई दिएको मोटर साईकलको कैलालीमा व्यापक दुरुपयोग हुदै आएको छ । सरकारी मोटरसाईकल कार्यालय प्रयोजन भन्दाबढी व्यक्तिगत काममा प्रयोग भएका देखीन्छन् । यस्तै सोमबार कैलालीमा एउटा यस्तै घट्ना फेला परेको छ । से १ ब ११२३ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकलमा बिना हेलमेट तीन जना सवार रहेका छन् ।
सरकारी नम्बर प्लेटको मोटरसाइकलमा बिना हेलमेट तीन जना सवार रहेको फोटो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, भने तिव्र आलोचना भएको छ । सरकारी सवारीको दुरुपयोगप्रति सामाजिक सञ्जालमा कडा आलोचना भएका छ । सरकारी प्रयायोजनका लागि राज्यले दिएको सवारी साधन व्यक्ति प्रयायोजनका लागि दुरुपयोग गर्न पाइदैन् ।
