धनगढी, १९ साउन/सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुवैजना स्वास्थ्यकर्मीको शव फेला परेको छ। सोमबार बेपत्तामध्ये बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट ९एचए० विनय सिंहको पनि शव फेला परेको छ। उनको शव बेपत्ता भएको स्थानबाट करिब १ किलोमिटर तल भेटिएको हो।
शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले शव फेला पारेको डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। ‘केहिबेर अघि शव भेटिएको खबर आएको छ।
यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो। उनको शव घटनास्थल भन्दा निकै टाढो शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका थिए।
शनिबार डडेल्धुरा अस्पतालमा कार्यरत चारैजना बिहानै डोटीस्थित शैलश्वरी मन्दिर दर्शनका लागि गएका थिए। मन्दिर दर्शन गरी फर्किँदा नुहाउने क्रममा उनीहरुमध्ये तीनजनालाई नदीले बगाएको थियो।