धनगढी, १७ साउन- शनिवार देखि भब्य रुपमा मालिका माईको पुजाआजा सुरु भएको छ । सुदुरपश्चिम प्रदेशको पाहाडी जिल्ला बाजुरामा रहेको एक प्रशिद्ध धार्मिक एबम् पर्यटकीय स्थल बडीमालिका मन्दिरमा जनैपुर्णिमाको अघिल्लो दिन मुख्य पूजा आजा हुने गर्दछ । जिल्ला भित्र र बाहिरका तीर्थयात्री तथा पर्यटक सहित भक्तजनहरु प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका पुजा आजा गर्नको लागी जाने गर्दछन् । यस वर्ष बडीमालीका मन्दिरको पुजा यहि साउन २९ गते लाग्ने भएको छ ।
यतिबेला बडीमालीका मन्दिरको पुजा गर्नको लागी छिमेकी राष्ट भारत लगाएका टाढा , टाढाबाट पनि तीर्थयात्री एबम् पर्यटकहरु जानेक्रम बढिरहेको छ । औपचारिक पूजा आजाको परम्परा अनुसार छिमेकी जिल्लाहरु अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोली सहितका तीर्थयात्री बडीमालिकामा पूजाका लागि जाने गर्दछन् । यि सरकारी टोलीहरुले बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरुमा बसेर तीन दिन लगाउनै पर्ने परम्परा रहेको बडीमालीका मन्दिरका मुख्य पुजारी नेत्रराज पाध्यायले बताए । त्रिवेणी नगरपालीका साविको कैलाशमाण्डौ गाविसमा पर्ने बडीमालिको विशिष्ट धार्मिक एबम् पर्यटकीय महत्व बोकेको क्षेत्र रहेको छ ।

मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडी मालिकाको धार्मिक महिमा बढाएको पुजारी पाध्यायको बताए । स्कन्द पुराणमा उल्लेख भए अनुसार मल्ला गिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो । यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रुपमा स्थापित भएको हो । मन्दिर भित्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझै बढाएको छ । त्यस भित्रको अवलोकन गर्ने उद्देश्यले पनि हजारौको संख्यामा आन्तरिक तथा वाह्य पर्यटक बडीमालिक सम्म पुग्ने गर्दछन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आर्कषण हुन् ।
समुद्र सतहवाट करिब १४ हजार फिट उचाइकामा रहेका चारैतिर समथर हरिया फाँट र ती फाँटहरुमा फुलेका बिभिन्न प्रजातिका फूलको रमणियताले पनि बडी मालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने गरेको त्याहा पुगेर आएकाहरु बताउदँछन् । बडीमालिका एक प्रकृतिको दुर्लभ उपहार हो त्याँहा पुगेपछि जीवनका सारा कष्ट हराएको जस्तै अनुभूति हुन्छ । हरियाली समथल फाँट , त्यसमाथि फुलेका दर्जनौ रंगी बिरंगी फूलहरु निकै मोहक र आर्कषक देखिन्छन् । त्याहा डाफेमुनाल , कस्तुरी, मृग घोरल, लगायत चरा र जनावरहरु पाइने गर्दछन् । बाजुरा जिल्लाको त्रिवेणी नगरपालीका साविको कैलाशमाण्डौ गाविसमा पर्ने बडिमालिका धामिर्क रुपले पनि महत्बपुर्ण मानिन्छ । प्रजापतिको यज्ञमा अर्धांगिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जादा मल्लागिरी पर्वमा सत्यदेवीको बाया अंग झरेर पतन भएपछि मालिका देवी उत्पत्ति भई बडीमालिका एक प्रमुख शक्तिपीठका रुपमा स्थापित भएको हो भन्ने किम्वदन्ती रहेको छ ।
बडीमालिकामा हरेक बर्ष गंगा दशहरा र जनैपूर्णिमको बेला भब्य मेला लाग्ने गर्दछ । हिउदमा समयमा त्यो ठाउँलाई चारै तिर सेताम्य हिउँले ढकमक्क ढाकेको हुन्छ । यातायात र अन्य सुविधाको अभावकाका कारण त्याहा पुग्न भने सोचे जति सजिलो छैन् । त्यो असजिलो गन्तव्य हो ।
सुदुरपश्चिम तथा मध्यपश्चिमम लगाएत , भारतको कुमाउँ गडवाल सम्मका नागरिकहरु बडीमालीमा मन्दिरमा दर्शन गर्न जाने गरेका छन । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट अछामको साफेबगर हुदै बाजुराको शेरा बजारसम्म गाडीको सुविधा छ । त्यसपछि त्यहाबाट पैदलयात्रा मार्फत बडिमालिका पुग्न सकिन्छ । यसैगरी हवाईजहाजबाट जाने हो भने नेपालगन्जबाट बाजुरा विमानस्थल कोल्टी पुगिन्छ । कोल्टीबाट बाजुराको सदरमुकाम मार्तडी पुग्नुपर्छ भने मार्तडीबाट ३ दिनको उकालो हिडेपछि मालिकामा पुग्न सकिन्छ । अग्लो स्थानमा रहेका कारण्ँ त्यहा अन्यन्तै चिसो हुन्छ । स्लिपिङ ब्याग, पञ्जा, बाक्ला लुगाहरु र ड्राईफुड सहितको भारी बोक्ने कष्ट भने गर्नै पर्छ ।पर्यटकीय गन्तव्यहरुको धनी सुदूरपश्चिम नेपालको भाषा , कला र संस्कृतिको प्रतिबिम्ब मात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा भौतारिने स्वदेशी र विदेशीहरुका लागि यो ठाँउ अद्भूत भूस्वर्ग पनि हो । यो मन्दिरमा वर्षको एक पटक पुजा लाग्ने गर्द छ । पुजा साहुने जनै पुर्णीमाको दिनमा पुजा लाग्ने गरेको छ । नाटेश्वारी मन्दीर यो ठाँउ निकै मनमोहक रहेको छ ।
नाटेश्वारी मन्दिर प्रकृतीक रुपले निकै भरी पुर्ण रहेको छ । यस मन्दिरमा बडीमालीका माताको दर्शन गरी सकेपछी नाटेश्वरी मन्दिरको दर्शन अनिवार्य गर्नु पर्ने धार्मिक परम्परा रहेको छ । यो मन्दिरमा वर्षको दुइ पटक पुजा गर्ने गरेका छन । एक पटक चैत्य अष्टमी र अर्को जनै पुर्णीमाको दिन । वर्षेनी यो मन्दिरमा ४० देखि पचाँस हजार भन्दा बढी बोकाको बली दिने गरेको छ । नाटेश्वारी मन्दिरमा पुजा गर्दा मान्छको मनोकाक्षा पुरा हुने भने विश्वास रहेको छ । यो मन्दिर समुन्द्री सतहबाट १४ सय फिट उच्चाइमा रहेको छ ।