बाजुरा, १६ साउन/जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ६ कोर्धबाट घरेलु हतियार सहित एकजनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ६ का २८ वर्षिया मानबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विहिबार रातीको समयमा गाउँमा घरेलु हतियार लोड गरेर घरमा बसेको भन्ने विशेष सुराकि पछि उनलाई हतियार सहित रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याईएको प्रहरीले जनाएको छ ।
बाजुरामा घरेलु हतियार सहित १ जना रंगेहात पक्राउ
बाजुरामा घरेलु हतियार सहित १ जना रंगेहात पक्राउ