गगन अयडी


धनगढी, १८ बैशाख : पछिल्लो समय सुदूपश्चिम प्रदेशमा सरकारी गाडीहरुको दुरुपयोग बढ्दै गईरहेको छ । सार्वजनिक बिदाको दिनपनि सरकारी गाडी घुम्नको लागी लिनेहरुको जमातनै देखीन्छ ।
यस्तै बुधबार विश्व मजदुर दिवसमा सार्वजनिक विदाको दिन धनगढी बजारको विभिन्न ठाउँमा सरकारी गाडीहरु ब्यवारीसे पार्किङ गरेको पाएको हो ।
से १ झ २७८ सेतो नम्बर प्लेटको गाडी धनगढी उपमहानगरपालिका कार्यालय गेट बाहिर घण्टौ सम्म छोडीएको थियो त्यस्तै से १ झ ३०१ नम्बरको सेतो नम्बर प्लेट भएको गाडी लक्ष्मी नारायण मन्दीर अगाडी र धनगढीको मुख्य सडकमा रहेको विपिन पुस्तक पसल अगाडी से १ झ २९६ नम्बर भएको गाडी वेवारीसे अवस्थामा फेला परेका हुन् ।
सार्वजनिक विदाको दिन साँझ ५वजे पछि सम्मपनि बजार छेउछाउमा व्यवारीसे तरीकाले पार्किङ गरिएको भेटीएका हुन् । गाडी कसले र के का लागि ल्याएको हो भनी सोधि खोजी गर्दा कोही पनि नभेटिएको स्थानीयहरुको भनाई छ ।

पछिल्लो सयम धनगढीमा अत्याधिक रुपमा सरकारी गाडिको दुरुपयोग हुने गरेको छ । सरकारी गाडी सरकारी कार्य मात्र प्रयोग गर्न पाइने भए पनि धेरैले व्यक्तिगत कार्य गर्दा पनि प्रयोगमा ल्याउने गरेका छन् । कतिपय कार्यालय प्रमुख तथा मन्त्रीहरुले सपीङमा जादा समेत सरकारी गाडी प्रयोग गर्ने गरेका छन् ।
