एजेन्सी – इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो ।
साम्पडोरियामाथि युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेन ।
च्याम्पियन बनेको युभेन्टसको ३६ खेलबाट ८३ अंक पुगेको छ । दोस्रो स्थानम रहेको इन्टर मिलानको ७६ अंक रहेको छ ।