काठमाडौं लकडाउनअघि मासिक रू. २८ करोडको हाराहारीमा हुने सुर्ती तथा चुरोटको आयात लकडाउनको पहिलो र दोस्रो महीनामा न्यूनतम विन्दुमा झरे तापनि त्यसपछि सुर्ती तथा चुरोटको आयातमा वृद्धि हुने क्रम शुरू भएको छ ।
जेठमा भने सुर्ती तथा चुरोटका उत्पादनको आयात करीब रू. ३५ करोड पुगेको छ । असारमा लकडाउन खुकुलो भएको र हाल लकडाउन अन्त्य भएकाले आगामी दिनमा सुर्ती तथा चुरोटको आयातले लय समात्ने देखिन्छ ।
