बैतडी, १० साउन/बैतडी जिल्ला अदालतमा एक वर्षमा ५० प्रतिशत बढी मुद्दा फैसला गरिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा ५२ दशमलव शुन्य ५ प्रतिशत मुद्दा फस्र्यौट गरिएका छन् ।
अदालतमा गत वर्ष १ सय ४६ दर्ता गरिएको थिए । त्यसमा ७६ मुद्दा फस्र्यौट गरिएको हो । जिल्ला अदालत बैतडीका श्रेस्तेदार जनक सिह बोहराले फस्र्यौट गर्न बाँकी ७० मुद्दाको जिम्मेवारी सरेको बताए ।
गत आर्थिक बर्ष २०७६/०७७ मा १ सय ४ थान नयाँ मुद्दा दर्ता भएका छन ४२ थान जिम्मेवारी सरेर आएका मुद्दा रहेका छन् । दुनियावादी दुवानीतर्फ ४२ थान मुद्दा परेकोमा २२ थान र्फच्यौट भएका छन भने २० थानको जिम्मेबारी सरेको छ ।
यस्तै सरकारबादी फौजदारीतर्फ ६३ थान मुद्दा दर्ता भएकोमा ३१ थान र्फच्यौट भएकोमा ३२ थानको जिम्मेवारी सरेको छ । दुनियाबादी फौजदारी तर्फ ३५ थान मुद्दा दर्ता भएकोमा १८ थान फस्र्यौट भएका छन् भने १७ थानको जिम्मेबारी सरेको छ ।
पुनराबेदन तर्फ जम्मा ५ थान मुद्दा परेकोमा ४ थान फस्र्यौट भएको र एउटा मुद्दाको जिम्मेबारी सरेको जिल्ला अदालत बैतडीका श्रेस्तेदार बोहराले बताए ।
यस्तै बन्दीप्रतक्षीकरणतर्फ मुद्दा परेको छैन । निषेधाज्ञामा एउटा मुद्दा परेको छ । आर्थिक बर्ष २०७५/०७६ मा ७१.४२ प्रतिशत मुद्दा फस्र्यौट भएका थिए । १ सय ४७ थान मुद्धा परेकोमा १०५ थान मुद्धा आर्थिक बर्ष २०७५/०७६ मा फस्र्यौट भएका थिए ।