धनगढी: भारतीयले नेपालीलाई धार्चुलाको बाटो प्रयोगमा बन्देज गरेको छ। नेपालले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गरेपछि भारतले धार्चुला, गब्र्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको बताइएको छ।
दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर १ का स्थानीयले प्रयोग गर्दै आइरहेको बाटो प्रवेशमा रोक लगाएको वडाध्यक्ष अशोक बोहराले बताए। उनका अनुसार भारतले कालापानी सीमा विवादका कारण बाटो प्रयोगमा रोग लगाएको हो।
भारतले बाटो प्रयोगमा अवरोध गरेपछि वडाध्यक्ष बोहराले सुदूरपश्चिम प्रदेश सरकारलाई छाङरु र तिंकरवासीलाई सहुलियत भाडामा हेलिकप्टर उपलब्ध गराउन ज्ञापनपत्रमा बुझाएका छन्। उनले बिहिबार छाङ्गरु पुगेको आन्तरिक मामला तथा कानुनमन्त्री प्रकाश शाहलाई भेटेर यस्तो माग गरेका हुन् ।
बाटो बन्द भएपछि त्यस क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी समेतलाई समस्या हुने वडाअध्य बोहराले ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

