कैलाली, ८ साउन/कैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालयले कोरोना रोकथाम तथा व्यवस्थापनको नाममा व्यापक अनियमीतता र भ्रष्टाचार भएको आरोप लगाएको छ । नेपाली काँग्रेस लम्कीचुहा–१ को वडा समितिले प्रेस विज्ञप्ती जारी गर्दै कोरोना व्यवस्थापनको नाममा अनियमीतता र आसेपासे पोस्ने काम भएको आरोप लगाएको हो ।
उक्त वडा कार्यालयले क्वारेन्टाइन व्यवस्थापन लगाएत विभिन्न शिर्षकममा गरी ७३ लाख ८६ हजार ३ सय १८ रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । वडा कार्यालयले पाना देवि बिक लाई कोरोना पोजेटिभ देखीएपछी गाँउ शिल गर्दा स्वयमसेवक भत्ता शिर्षकमा मात्रै ८ लाख ८९ हजार खर्च गरेको छ ।
वडा कार्यालयले सार्वजनिक गरेको खर्च विवरणमा असमति जनाउदै सत्यतथ्य खर्च विवरण पुनः सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ । एउटै शिषर्कका खर्चलाई कम देखाउन शिर्षक टुक्राएको र आफ्ना कार्यक्रता पोस्ने किसिमले भएको काँग्रेसको ठहर छ । खर्च त्रुटिपुर्ण रहेको भन्दै, वडा कार्यालयले गरेको अनियमीतता विरुद्ध कानूनी उपचारमा जाने कांग्रेस नेता टेकराज कठायतले बताए ।
वडा कार्यालयले नेपाल सरकारले जारी गरेको आचार संहिता विपरित खर्च शिर्षकमा कोरोना संक्रमितको नाम उल्लेख गरेको छ । वडा सचिव बिष्णुकान्त प्याकुरेलले खर्च विवरण सार्वजनिक गरेका थिए ।
नगरपालिकाले कोरोनाको नाममा ‘आसेपासे पोस्ने काम गर्याे’ : नेपाली काँग्रेस लम्कीचुहा
नगरपालिकाले कोरोनाको नाममा ‘आसेपासे पोस्ने काम गर्याे’ : नेपाली काँग्रेस लम्कीचुहा
