काठमाडौं– मनसुन सक्रिय भएयता जेठ ३१ देखि आजसम्म मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोमा परी १ सय १७ जनाको मृत्यु भएको छ। यस्तै ५१ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार पहिरोमा परी १ सय १४ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता छन्। बाढीले बगाएर तीन जनाको ज्यान गएको छ।
यस्तै पाँच जना बेपत्ता छन्। बाढीपहिरोबाट कम्तीमा १ हजार २ सय परिवारका ७ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन्।
