धनगढी, ६ साउन- धनगढीका लागी टाटा मार्टसको आधिकारीक बिक्रेता सिप्रदी प्रा.लिको ग्यारेजको प्रदुषित पदार्थ खुल्ला रुपमा छोड्दा स्थानिय समस्यामा परेका छन् । ग्यारेजबाट निस्कने पेट्रोलियमजन्य फोहर, मोबिल लगाएतका प्रदुषित सामग्री खुला छोड्दा धनगढी उपमहानगरपालिका १३ चटकपुरका स्थानियको खेती उजाड भएको छ । स्थापना भएदेखी खुल्ला रुपमा पेट्रोलियम पदार्थ बाहीर स्थानियको खेतमा जादा उब्जनि हुनै छाडेको स्थानियको आरोप छ ।
सिप्रदी प्रा.लि.को चरम लापरबाहीले दश रोपनी खेतमा बिगत ४ बर्षदेखी उब्जनि हुनै छाडेपछी वडा कार्यालय लाइ पटकपटक जानकारी गराउदा पनि कुनै सुनवाई नभएको स्थानियको आरोप छ । सिप्रदीको सोरुमबाट निस्कने पेट्रोलियमजन्य फोहर सिधै किसानको खेतमा जाने गरेको छ । सोरुममा मर्मतको लागी आउने गाडीहरुबाट निस्केको फोहर सिधै धान खेतमा मिसीने गर्छ । यसरी किसानको खेतमा बर्षेनि ठुलो क्षती पुर्याउने गरेको छ ।
दुई दुई पटक रोपाई गरेर पनि उब्जनि नहुने र धान उम्रन नपाउदै मर्ने गरेको किसानको गुनासो छ । यसरी चार बर्षदेखी पेट्रोलियमजन्य फोहर खेतमा आउन थालेपछि किसानलाई सास्ती भएको छ । लगातार ४ बर्षदेखी पेट्रोलियमजन्य फोहर खेतमा आइरहेको स्थानिय रचितले बताए । खेतमा लगाएतको धान बर्षैपिच्छे बढ्न नपाउदै मर्ने गरेको गुनासो पोखे । उनले फोहर व्यवस्थापनको लागी पहल गर्दा समेत सिप्रदीले व्यवास्ता गरेको सुनाए । यता वडा अध्यक्ष विजयराज जोशीले स्थानिय र सिप्रदी बिचको समस्या भएका कारण आफुले केही गर्न नसक्ने प्रतिक्रिया दिए । उनले भने–‘दुई पक्ष बसेर समस्या समाधान गर्ने हो हाम्रो भुमीका केही हुदैन् ।’ वडा अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले गैरजिम्मेवार प्रतिक्रिया दिए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वडा कार्यालयको जिम्मेवारी हुने बताए । उनले भने जिल्ला प्रशासन कार्यालयमा लिखीत निवेदनका आधारमा प्रशासनले सिप्रदी प्रा.लि.लाई कारबाही गरि पीडितलाई क्षतिपुर्ति उपलब्ध गराउन सक्ने बताए । ।
यस बिषयमा सिप्रदीको शाखा कार्यालय धनगढीमा बुझ्न जादा कार्यकारी अधिकृत शम्भु दाहालले आफ्नो कार्यालयबाट गल्ती भएको र चाडै समाधान गर्ने स्विकार गरे । उनले यस बिषयमा चाडै केन्द्रीय कार्यालयमा खबर गरी समस्या समाधान गर्ने बताए ।




