दार्चुला ६ साउन- दार्चुलामा अबिरल बर्षासंगै आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । नौगाड गाउपालिका ६ परिगाउको स्थानीय खोलामा आएको बाढीसंगै आएको पहिरोमापुरिएर दुई जनाको मृत्यु भएको हो ।
बर्षाका कारण जिल्लाका विभिन्न ठाउमा ठूलो जनधनको क्षति पु¥याएको छ । नौगाड गाउपालिका ६ परिगाउको स्थानीय खोलामा आएको बाढीसंगै आएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा पुरिएर नौगाड गाउपालिका ६ परिगाउकी ४२ बर्षीया मानमती ठगुन्ना र ५बर्षिया बालिकाका पारभती ठगुन्नाको मुत्यु भएको हो । पहिरोमा पुरिएर मानमतीका आफन्त मोहना ठगुन्ना गम्भिर घाईते भएको र अन्य एक जना स्थानीय समान्य घाईते भएको र उक्त खोला किनारमा रहेका ९ ओटा घर र १ विद्यालय बाढी ले बगाएको प्रहरीले जानकारी दिएको छ ।
परिगाउका स्थानीयका ८३ बाख्रा, २५ गोरु, ११ गाई, २ घोडाखच्चड लगायतका पशु चौपायाहरु उक्त बाढीपहिरोमा पुरिएको प्रहरीले जनाएको छ । एक बस्तीबाट अर्को बस्तीमा पुग्न अढाई घण्टा लाग्ने र बाढीपहिरोले बाटोको समस्याका कारण अझै क्षतिको पूर्ण विवरण आउन बाकी रहेको र उद्यार कार्य जारी रहेको गम्भिर घाईतेलाई उपचारका लागी गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै नौगाड गाउपालिका ३ खार खोलामाआएको बाढीले ३ ओटा पसल १० वटा पानी घट्ट,४ वटा आरसीसी पुल, ४ वटा काठे पुल, एउटा खेल मैदान एक माछा पोखरी एक फर्निचर उद्योग र खार लघु जलविद्युतको मुहानमा पूर्ण रुपमा क्षति पुगाएको छ । खार लघुविद्युत आयोजनाको दुई विद्युत घर जोखिममा रहेका छन् । रातीको बाढीपहिरोले स्थानीयका सयौं रोपनी खेतीबारी पहिरोमा परेका छन् ।
यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका १, २ र ३ नम्बर वडाका विभिन्न संरचनामा क्षति पु¥याएको छ ।
लास्कु खोलाका ४ आरसीसी पुल, ६ घट्ट, स्थानीयका ११ बाख्रा, एउटा सडक सोलार बत्ती बगाएको महाकाली नगरपालिकाले जनाएको छ ।
डुङुरी खोलामा आएको बाढिले नेपाल विद्युत प्राधिकरणको २ सय किलो वाट क्षमताको डुङुरी पावर हाउस भित्र बाढी पसेपछि क्षति पु¥याएको छ ।यस्तै सदरमुकाम खलंगा नजिकै रहेको महाकाली नगरपालिका–५ धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।
महाकाली नगरपालिका–४लास्कु खोलामा आएको बाढीले दर्जनौ घर जोखिममा परेका छन् । राहत तथा उद्यारका लागी जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसी रहेको छ ।
