कैलाली : कैलालीमा दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको घोडाघोडी नगरपालिकाका दुई किशोरी माथि आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको हो ।
१४ र १६ वर्षीय दुई छोरीलाई बलात्कार गरेको आरोप लागेको ती व्यक्ति अहिले फरार रहेको प्रहरीले जनाएको छ। पीडित पक्ष इलाका प्रहरी कार्यालय सुखडमा शनिवार बिहानै पुगेपनि मुद्दा दर्ता गर्न प्रहरीले आनाकानी गरेको छ । नाबालक भएको हुँदा मुद्दा दर्ता गर्न संरक्षक नभेटिएको हुदा मुद्दा दर्ता नभएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले बताए ।
ओरेक नेपालको जिम्मा लगाएको उनले बताए । पीडित बालिकाको आमा केहि बर्ष देखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले बताएको छ । पीडित बालिकाको तर्फबाट संरक्षक बस्ने केहि नभएपछि दुवै बालिकालाई ओरेक नेपालको जिम्मा लगाइएको प्रहरीले बताएको छ । प्रहरीले बालिकालाई सेफ हाउसमा राख्न आफु कहाँ पठाएको आरेक नेपालकी जिल्ला संयोजक बिनु चौधरीले बताईन ।
हामी कहाँ पुगेपछि मुद्दा हामी दर्ता गराउने उनको भनाई छ । उनीहरुको स्वास्थ्य परीक्षण गरेर आइतबार मुद्दा दर्ता गर्ने उनले बताइन् । इलाका प्रहरी कार्यालय सम्म पुगेको बिषय प्रहरीले संरक्षक नभएको भन्दै जाहेरी नलिएपछि अब आइतबार जाहेरी दर्ता हुने ओरेक नेपालले बताएको छ । उनले आफूलाई प्रहरीले बालिका बलात्कृत भएको सूचना दिएको बताइन् ।