इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा स्थान पक्का गर्ने होडमा रहेका लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड दुवै टिमले जित निकालेका छन् ।
घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २(० ले पराजित गरेको छ । लेस्टरका लागि एयोजे पेरेजले २९ औँ तथा डेमाराइ ग्रेले ७९ औँ मिनेटमा गोल गरी जित दिलाएका हुन् । जितपछि चौथो स्थानको लेस्टरको दुई खेल बाँकी हुँदा ६२ अंक भएको छ ।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २(० ले नै पराजित गरेको हो । युनाइटेडको जितमा पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मार्कस रासफोर्ड तथा ७८ औँ मिनेटमाम एन्थोनी मार्सलले गोल गरे ।
जितपछि पाँचौँ स्थानको युनाइटेडको पनि लिगका दुई खेल बाँकी हुँदा ६२ अंक नै भएको छ । तर गोल अन्तरमा पछि परी लेस्टर भन्दा तल रहेको हो ।
बिहीबार राति भएका अरु खेलमा एभर्टन र एस्टन भिल्ला तथा साउथह्याम्पटन र ब्राइटनले समान १(१ को बराबरी खेलेका छन् ।