एजेन्सी । हलिउड अभिनेत्री तथा गायिका नाया रिवेराको रहस्यमय निधन भएको छ । करिब ६ दिनदेखि हराइरहेकी रिवेराको शव साउथ क्यालिफोर्नियास्थित पीरु पहाडमा भेटिएको हो ।
३३ वर्षिया रिवेराको के कारण मृत्यु भयो त्यसको कुनै खुलासा भएको छैन । सानैदेखि अभिनयमा सक्रिय रिवेराले सिबिएस टिभी च्यानलबाट प्रशारण हुने ‘रोयल फ्यामिली शो’बाट आफ्नो पहिलो अभिनय यात्रा सुरु गरेकी थिइन ।
त्यस्तै रिवेराले २००९ मा फक्स च्यानलबाट प्रशारण हुने शो ‘ग्ली’मा पनि लेस्बियनको भूमिका निर्वाह गरेकी थिइन् ।
