काठमाडौं । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक ९भ्याटबिल० प्रयोग गरी राजस्व छलि गर्ने काठमाडौं महानगरपालिका(१ स्थित युनिक वाइड इन्टरनेश्नल प्रालि र न्यू युनिक इन्टरनेशनल का संचालक भुवन पाण्डेविरुद्ध मुद्दा दायर गरेको छ।
पाण्डेले ३७ करोड ८० लाख २८ हजार ७ सय रुपैयाँ बराबरको नक्कली भ्याटबिल बनाएको भन्दै विभागले सोही रकम बराबर बिगो असुल र जरिवानाको माग गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।