एजेन्सी । सर्वाधिक लोकप्रिय सर्च इन्जिन तथा अमेरिकी प्रविधि कम्पनी गुगलले भारतमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । सोमबार गुगल र अल्फाबेटका सिईओ सुन्दर पिचाईले ‘गुगल फर इन्डिया’ वार्षिक भर्चुअल कार्यक्रममा यस्तो घोषणा गरेका हुन् ।
सिईओ पिचाईले भारतको डिजिटल अर्थव्यवस्थालाई बढावा दिनका लागि गुगलले लगानी गर्न लागेको बताएका छन् । संरचना निर्माण र शेयर खरिदको माध्यमबाट उक्त लगानी गर्न लागिएको पनि उनले जानकारी दिएका छन् । उनले कोरोना भाइरस ९कोभिड–१९०को महामारीको क्रममा अनलाइन एक लाइफलाइन बनेको पनि बताए ।
सन् २०१५ मा पहिलोपटक गुगल फर इन्डिया कार्यक्रमको आयोजना गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको छ । सोमबारको कार्यक्रम छैटौं कार्यक्रम थियो । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुन्दर पिचाईसँग छलफल गरेका थिए ।