धनगढी, २९ असार – टिकटकमा पछिल्लो साता गायक चक्र बमको ओए काजल बोलको गीतले खुब चर्चा कमाउन थालेको छ । एक साता अघि मात्रै बजारमा ल्याएको ओए काजल बोलको गीतले जत्तिको चर्चा कमाएको छ त्यत्तिकै विवादित पनि बनेको छ ।
गडवाली भाषामा गाइएको काजल काजल बोलको गीत हुबहु उतारेर चर्चा कमाउन खोजेका बम अहिले आफ्ना फ्यानमाझ ‘गीत चोरी’ को आरोप खेप्न थालेका छन् । गायक चक्र बमले भारतको उत्तराखण्ड देहरादुनका गायक राज टाइगरको शब्द हुबहु कपि गरेर नेपाली भाषामा ओए काजल गीत उतारेका हुन् ।
आफ्नो शब्द तथा लय नै हुबहु चोरी भएको बताउँदै भारतीय गायक राज टाइगरले भने,‘नेपालका गायक चक्र बमले मेरो शब्द तथा लय हुबहु चोरी गरेका छन् ।’ नेपाली गायक चक्र बमले गल्ती नस्वीकारे आफू कपि राइटमा जाने उनले बताए । ‘गायक बमले गल्ती नस्वीकारे म कपि राइटमा जान्छु,’ सुदूरपत्र अनलाईनलाई उनले भने,‘म यस्तै भए युटुवमा सेन्सर लगाउँछु ।’ आफूले अप्रिल २५ मा रिजिल गरेको उनको गीतलाई नेपाली गायक चक्र बमले जुलाई ६ मा नेपाली काजल गीत युटुवमार्फत् बजारमा ल्याएका हुन् ।
नेपाली गायक चक्र बमले आफूले गडवाली र आसामी गीतबाट प्रभावित भएर गडवाली भाषासँग मिल्दो गीत गाएको बताए । ‘मैले कुनै शब्द चोरेको छैन,’ बमले भने,‘गडवाली गीतसँग मिलेको हुनसक्छ ।’
(गडवाली गित र र नेपाली गित के फरक छ भिडियो हेर्न यहा Click गर्नुहोस् )
https://youtu.be/oJox27_V6h0