जमुना न्युरे
धनगढी, २६ असार- वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फँडानीको अनुगमनका क्रममा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिका सदस्य प्रेमबहादुर आलेमगरले उपभोक्ता समितिका पदाधिकारी, कर्मचारीलाई गरेको गाली गलौचप्रति वन प्राविधिक कर्मचारीले ध्यानाकर्षण भएको बताएका छन् ।
फरेष्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल र नेपाल वन प्राविधिक संघले ध्यानाकर्षण पत्र जारी गर्दै संसद आलेमगरले गरेको गालीगलौचप्रति घोर भत्सर्ना गरेका छन् । अनुगमनका क्रममा गत सोमबार कैलालीको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक गिरी र वन कार्यालयका तल्लो तहका कर्मचारीलाई सार्वजनिक लेखा समितिका उपसमिति सदस्य माननीय प्रेमबहादुर आलेमगरले हप्किदप्की गरेको भिडियो मंगलबार सामाजिक सन्जाल भाइरल भएको थियो ।
वन कर्मचारी तथा सामुदायिक वनका अध्यक्ष माथि गरिएको व्यबहार माथी गम्भीर ध्यानाकर्षण भएको बताउँदै फरेस्ट टेक्निसियन्स एसोसिएसन अफ नेपाल र नेपाल वन प्राविधिक संघले संयुक्त रुपमा माननीय भरतबहादुर साह सभापति रहेको सार्वजनिक लेखा समिति सिंहदरबार काठमाडौं र माननीय पूर्णकुमारी सुबेदी सभापति रहेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सिंहदरबार काठमाडौंलाई सम्बोधन गरि ध्यानाकर्षण पत्र प्रकाशित गर्दै घटनाको भर्सना र खेद प्रकट गरेको गरिएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ-‘नेपाल सरकारले मन्त्रिपरिषदको निर्णयअनुसार मिति २०७७/२/१५ गते साल प्रजातीलगायतका सम्पूर्ण वन पैदावर कटान, संकल, बिक्रीबितरण रोक लगाइ र मिति २०७७/२/२८ गते नेपाल सरकार मन्त्रिपरिषदको अर्काे निर्णय अनुसार वैज्ञानिक बन ब्यबस्थापन गरिएका जिल्लाहरुमा बन फडानी बारेमा जाचबुझका लागि सोमबार टोली कैलाली जिल्लामा पुगेको थियो । सार्बजनिक लेखा समितिले जाँच बुझमा खटिएका माननीय सदस्यहरुले निस्पक्ष ,तटस्थ भइ स्थलगत भ्रमण गरि वास्तविकता प्रतिबेदनमा पेस गर्नुपर्नेमा स्थानीय समिति पदाधिकारी, उपभोक्ता एवम वन कर्मचारीलाई सार्वजनिक स्थलमै गाली बेइज्जत गरि वास्तविकतालाई प्रभाव पार्ने गरि प्रस्तुत भएको भन्दै खेद प्रकट गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
माननीय जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले गुन्डागर्दी शैलीमा यस्ता अभिव्यक्तिबाट निज माननीय सँगै अरु माननियको पनि अबमूल्यन भएको भनिएको छ । एक पक्षिय रुपमा आफ्ना स्वार्थ जोडिएको विषयमा अग्रिम ,पूर्वानुमानको आधार पक्षपाती धारणा बनाइ गालिगलौच गर्ने माननीयबाट बास्तबिकता, सत्यतथ्यमा आधारित प्रतिवेदन आउदैन भनी निजलाई कारबाहीको माग गर्दै आलेको सट्टामा अर्काे निस्पक्ष सद्स्य पठाउन समेत ध्यानाकर्षण गराएको छ ।
वन प्राविधिकको ध्यानाकर्षण पत्र यस्तो छ

