कैलालीमा हजुरआमाको हत्या आरोपमा युवक पक्राउ परेका छन्। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षिय गणेशबहादुर ऐरलाई प्रहरीले हजुरआमाको हत्या आरोपमा पक्राउ गरेको हो।
७५ वर्षिया पार्वतीदेवी ऐरको हत्या गरेको जानकारी पछि बुधबार बिहान ईलाका प्रहरी कार्यालय फल्टुडेले उनलाई पक्राउ गरेको हो। उनले मंगलबार दिउसो फलामको रड र धारीलो हतियार प्रहार गरी हजुरआमाको हत्या गरेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव पउरीक्षक प्रतिक बिष्टका अनुसार घरको पश्चिम पट्टी अरहरको झारले लाशलाई छोपीएको थियो। उनलाई घरबाट नै प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।