एजेन्सी । ‘ बिग बोस सिजन – १४’ को तयारी सुरु भएको छ । भारतीय मिडियाले जनाए अनुसार लकडाउनको समयमै यस सिजनको तयारी सुरु भएको हो ।
सिजन १३ सर्वाधिक सफल भएपछि सलमान खान फेरि ‘बिग बोस १४’ को पनि तयारी जुटेका छन् । जसका लागि सलमान खानको पारिश्रीमकको कति होला भन्ने चर्चा सुरु भइसकेको छ । यसैबीच निर्माण टिमले सलमानलाई १६ करोड भारु दिन तयार भएको भारतीय मिडियाले जनाएको छ । अक्टोरमा सुरु हुने ‘बिग बोस १३’ का लागि करिब १२ करोड भारु सलमानले लिएका छन् ।
दोस्रो सिजनका लागि उनले पारिश्रमिक ४ करोड बढाएका छन् । भारतीय मिडियाले जनाए अनुसार ‘बिग बोस–१४’ का लागि जेस्मिन भसिन, अलिशा पंवार, आरुषी दत्ता, आकांक्षा पुरी, आंचल खुराना, साहिल खान र आमिर सिद्धिकीजस्ता सेलिब्रिटीलाई अप्रोच गरिएको छ ।