काठमाडौँ, । गएराति भएको प्रिमियर लिगमा टोटनहमले इभर्टनलाई १(० गोलले पराजित गर्न सफल भएको छ । यस सिजन सन्तुलित खेल प्रदर्शन गर्न असफल टोटनहमलाई यो जितले ठुलो राहत दिएको छ ।
टोटनहमको घरेलु मैदानमा भएको खेलमा इभर्टनका खेलाडी माइकल किनले आत्मघाती गोल गरे । उनले खेलको २४ औँ मिनेटमा आत्मघाती गोल गरे ।
खेलमा त्यसपछि गोल हुन सकेन र खेल टोटनहमले जित्यो ।
महत्वपुर्ण तीन अंक हात पारेको टोटनहमको ३३ खेलमा ४८ अंक भएको छ । टोटनहम लिगको आठौँ स्थानमा रहेको छ । त्यस्तै ११ औँ स्थानमा रहेको इभर्टनको ४४ अंक रहेको छ ।