बाँके
असार २२
बाँके समशेरगञ्जका बिर बहादुर यरीले एक महिनाको घर भाडा छुट दिएका छन् । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालयलाई उनले असार महिनाको घर भाडा छुट दिएका हुन् ।
नेपाल राष्ट्र बैंक बाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बाँकेको राप्ति सोनारी गाँउपालिका वडा नं. ८, शमशेरगञ्ज घर धनि विर बहादुर यरीको घरमा रहेको थियो ।
विश्व नै महाकारीको प्रकोप सँग लडिरहेको बेला संस्थालाई एक महिनाको घर भाडा छुट दिएर संस्थालाई ठुलो सहयोग गरेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकी शाखा कार्यालय प्रमुख गंगा कुमारी कडायतले जानकारी दिईन् ।
‘असार महिनाको घरभाडा रकममा पुरैछुट दिएर घरधनीयरी ले सामाजिक उत्तर दायित्व निर्वाह गर्नु भएको छ,’ ‘शाखा कार्यालय प्रमुख कडायतले भनिन् ,’ ‘घर बेटि धन्यवादको पात्र हुनुहुन्छ,।’
एनका अनुसार सरकार ले गरेको अनुरोधलाई घरधनि विर बहादुरले सहर्ष स्वीकार गरेर कोरोना महामारी ले पारेको क्षेति लाई केहि हदँ सम्म कम होस भनेर यस्तो घोषणा गरेको बताएका थिए ।
कास्की जिल्लाको पोखरा उपमहानगरपालीका–२५ हेम्जामा केन्द्रीय कार्यालय रहेकोवित्तीय संस्था ले देशका ५६ वटा जिल्लामा १०० वटा शाखाकार्यालयहरु बाट आफ्ना ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
लकडाउन भित्रै कोहि घरबेटी अत्यावश्यक सेवामा काम गर्ने लाई घरमा प्रवेशमा रोक लगाउने र घरभाडा नदिएको निहुँमा घर बाट निकाल्ने, जस्ता घटना घटिरहेका बेला बाँकेका विर बहादुर यरीले उदारणिय काम गरेको संस्थाकी कार्यालय प्रमुख कडायतले बताईन् ।