काठमाडौं,
घटना–१
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले १० वैशाखमा पूर्वसचिव भीम उपाध्यायलाई पक्राउ गर्यो । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली बेइज्जती गरेको अभियोगमा पक्राउ गरेको थियो ।
ब्यूरोको टोलीले उनीविरुद्ध विद्युतीय करोबार ऐन अन्तर्गत मुद्दा चलायो । पछि काठमाडौं जिल्ला अदालतले उपाध्यलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्यो ।
घटना–२
त्यसरी नै ३ दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई गाली गर्ने अर्का एक जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखराका दुर्गा दत्त बाँस्तोला छन् । उनले पनि सामाजिक जञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीलाई गाली गरेको साइबर ब्यूरोले जनाएको छ ।
बाँस्तोलामाथिको अनुसन्धान अझै जारी रहेको ब्यूरोले भनाइ छ । प्रहरीका अनुुसार बाँस्तोलाले, ‘…. केपी ओली र …………..आईमाई विद्या भण्डारी बेसारमय भए’ भन्दै स्टाटस लेखेका थिए ।
माथिका २ प्रतिनिधि घटना मात्रै हुन् । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई सामाजिक सञ्जालमार्फत वैशाखयता गालीगलौज गर्ने ११ जना पक्राउ परेका छन् ।
उनीहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको फोटो राखी विभिन्न गाली बेज्जती गर्दै फेसबुक स्टाटस लेखेका थिए । ब्यूरोबाहेक प्रधानमन्त्रीलाई गाली गर्नेलाई प्रहरीको अन्य न्युनिटले पनि पक्राउ गरेको छ ।
ब्युरोले पक्राउ गरेकाहरूमा मनोज बान्तवा राई, उज्ज्वल दुलाल, शिवनारायण महतो, ईश्वर भट्टराई, रञ्जन सापकोटा, प्रकाश ढकाल, तारा नाछिरिङ, रामकुमार श्रेष्ठ, भीमप्रसाद उपाध्य, तोरणराज पौडेल र दुर्गा बाँस्तोला छन् ।
पक्राउ परेकामध्ये शिवनारायण महतो पूर्वपक्षका लागि जेल चलान भएका छन् । अन्यको हकमा अदालतले १० हजारदेखि १ लाख १० हजार रुपैयाँसम्मको जरिमाना गरेर छोडेको छ ।
सामान्य फेसबुक स्टाटसलाई साइबर अपराध मुद्दा लगाउनु गलत : पूर्वडीआईजी जोशी
सामाजिक सञ्जालका सामान्य स्टाटसलाई साइबर अपराधसँग जोडेर पक्राउ गर्नु गलत हुने पूर्वप्रहरी नायव महानिरीक्षक ९डीआईजी० पूर्णचन्द्र जोशीको भनाइ छ ।
‘साइबर अपराध गम्भीर प्रकारको अपराध हो । यसको परिभाषा हाम्रोजस्तो समाजका लागि मिलेको देखिँदैन । फेसबुकमा सरकार र भीआईपी व्यक्तिप्रति गरेको सामान्य टिकाटिप्पणीलाई साइबर अपराधसँग जोडेर मात्र हेरिनु हुँदैन,’ डीआईजी जोशीले भने ।
सामान्य गालीबेइज्जतीको मुद्दालाई साइबर अपराधसँग नजोडी सोहीअनुसारको कारबाही गर्नुपर्ने जोशीले बताए ।
विद्युतीय कारोबार ऐन २०६३ मा कम्प्युटर इन्टरनेट लगायत विद्युतीय सञ्चारमाध्यमबाट नैतिकता, शिष्टाचार, कसैप्रति घृणा फैलाउने सामग्री प्रकाशन गरे १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।
थप सामग्री स् जततउकस्ररकजष्बिउबतचब।अयmरमभतबष्रिघद्धण्ढठ